Wednesday, December 4

प्रदेश

हेटौंडामा ९२ औं तामाङ पहिचान दिवस भब्य रुपमा मनाइयो 

हेटौंडामा ९२ औं तामाङ पहिचान दिवस भब्य रुपमा मनाइयो 

प्रदेश, स्थानिय
तामाङ भाषा, कला, संस्कृति, इतिहास, दर्शक र ज्ञानको विविध आयामहरुका पक्षमा विचार तथा विमर्श गरी बिहीबार तामाङ समुदायले ९२ औं तामाङ पहिचान दिवस मनाएको छ । वि.सं. १९८९ भदौ ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी गरेकाले सोही दिनलाई तामाङ पहिचान दिवस रुपमा मनाउने गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरले बागमती प्रदेशको मुख्यमन्त्री बहादुर सिंह, बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङ लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नेपाल तामाङ घेदुङ बागमती प्रदेशमा निर्वाचित पदाधिकारी, कलाकार र २०८०/८१ को एसईईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीसहित २४ जनालाई कदर पत्र प्रदान गर्दै दिवस मनाएको छ । दिवसलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघर्ष र लडाइँ गरेर भएपनि...
मनहरी महोत्सवमा चर्चित सेलो गायिका जितु लोप्चनले धमका मच्चाए

मनहरी महोत्सवमा चर्चित सेलो गायिका जितु लोप्चनले धमका मच्चाए

प्रदेश, मनोरन्जन, स्थानिय
मनहरी–माघ १७ गते । पाँचौ मनहरी महोत्सवको दोस्रो दिन सेलो तथा आधुनिक गायिका जितु लोप्चनले दर्शकहरु माझ धमका मच्चाएकि छिन् । तामाङ समुदायको बसोबास अधिक रहेको पश्चिम मकवानपुरको मनहरी बजारस्थित खोला किनारमा आयोजना भएको महोत्सवमा तामाङ सेलो गाउन आइपुग्नु भएकी लोप्चनले ‘काले काले नक्कले केटाको हेराइ बेइमानी’, ‘कति बस्छौ टिकटकको लाइभमा’, लगायतका थुप्रै गीतहरु गाउनु भएको थियो । उहाँले बीच बीचमा तामाङ भाषाको सम्बादसँगै गीत गाइरहँदा मनहरीबासी दर्शकहरु झुम्मिएका थिए । साँझपखको चिसो मौसमलाई गायिका लोप्चनले गर्मागर्मी बनाइरहँदा दर्शक, स्रोताहरुले नाच्दै हुटिङ गरेर साथ दिएका थिए । लोप्चनको प्रस्तुतिअघि नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङको प्रस्तुति रहेको थियो । उहाँले दर्शकहरुलाई उत्साहित बनाउँदै आफूले गाएको र दिल्लीमा आयोजित कार्यक्रममा एवार्ड पाएको ‘रक्सी लोहाङ, बेरती’ लगायतका गीतहरु तथा सर...
मनहरी महोत्सवमा माघ १७ गते चर्चित सेलो गायिका जितु लोप्चन आउँदै

मनहरी महोत्सवमा माघ १७ गते चर्चित सेलो गायिका जितु लोप्चन आउँदै

प्रदेश, मनोरन्जन, स्थानिय
मनहरी–माघ १६ गते । पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरीमा आयोजित पाँचौ मनहरी महोत्सवमा माघ १७ गते राष्ट्रिय स्तरमा चर्चित सेलो गायिका जितु लोप्चन आउने हुनु भएको छ । आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अनुसार लोप्चनसहित नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, लोक गायकहरु गणेश चेपाङ र देवराज चेपाङको प्रस्तुति पनि रहनेछ । समितिको कलाकार व्यवस्थापन उपसमिति संयोजक विष्णुराम कालाखेतीले दिनु भएको जानकारी अनुसार नियमित रुपमा आस्था कला केन्द्र मनहरीका कलाकारहरुले दैनिक रुपमा नृत्य प्रस्तुत गर्नेछन् । साथै स्थानीय स्तरमा रहेका अन्य कलाकारहरुले पनि प्रस्तुति दिने तयारी छ । माघ १६ गतेबाट सुरु भएको पाँचौ मनहरी महोत्सव २०८० माघ २८ गते सम्म सञ्चालन हुनेछ । यो अबधिमा राष्ट्रिय कलाकारहरु मनोज गजुरेल, पशुपति शर्मा, सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस सुन्तली, शान्तिश...
पाँचौ मनहरी महोत्सवमा पहिलो दिनको उद्घाटन समारोह भब्यताका साथ सम्पन्न

पाँचौ मनहरी महोत्सवमा पहिलो दिनको उद्घाटन समारोह भब्यताका साथ सम्पन्न

प्रदेश, मनोरन्जन
पाँचौ मनहरी महोत्सवको भब्य उदघाटन, १२ दिनसम्म चल्न मनहरी–माघ १६ गते । मनहरी खोला किनारमा व्यवस्थापन गरिएको पाँचौ मनहरी महोत्सवको उद्घाटन भब्य समारोहका बीच भएको छ । माघ १६ गतेदेखि २८ गतेसम्म १२ दिन सञ्चालन हुने महोत्सवको बागमती प्रदेशका सांसद एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले भब्य समारोहका बीच उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले पश्चिम मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको विकासका लागि यहाँ स्थानीय सरकारले गरिरहेको प्रयत्नको सन्दर्भ जोड्दै उद्योगी व्यवसायीहरु निराश भइरहेका बेला सरकारले ढाडस दिनुपर्ने बताउनुभयो । उहाँले मनहरीमा आयोजना भएको महोत्सवले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । ‘यहाँको पर्यटन विकासका लागि रमौली प्रतापपुर क्षेत्रलाई मिनी सौराहको रुपमा विकास गर्ने कुरा, मनहरी बजार जोगाउनका ला...
भोली देखि हुने मनहरी महोत्सवको सम्पूर्ण तयारी सकियो, उदघाटन सांसद बानियाँले गर्ने

भोली देखि हुने मनहरी महोत्सवको सम्पूर्ण तयारी सकियो, उदघाटन सांसद बानियाँले गर्ने

Breaking News, प्रदेश, मनोरन्जन
मनहरी–माघ १५ गते । पश्चिम मकवानपुरको मनहरीमा माघ १६ गतेबाट सुरु हुन लागेको पाँचौ मनहरी महोत्सवको सबै तयारी पूरा भएको छ । आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले मनहरी खोला किनारस्थित महोत्सव स्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्टल र स्टेजको साजसज्जाका केही काम उदघाटन अघि नै सकिने गरी काम अघि बढेको जनाएको छ । समितिका सभापति गणेशमान मानन्धरका अनुसार महोत्सवको उदघाटन पूर्व गृहराज्यमन्त्री एबम् बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँले गर्नुहुनेछ । उद्घाटनअघि मनहरी गाउँपालिका वडा नं ८ स्थित कार्यालय परिसरबाट शोभायात्रा निकालिनेछ । शोभायात्रामा विभिन्न जातजाति, धर्म र भेषभुषाबाट सज्जित पहिचानसहितका संघसंस्थाहरुले सहभागिता जनाउनेछन् । यो लेख योग्य मा नि: शुल्क शिपिंग प्रदान गर्दछ Face mask उत्पादनहरू, वा अनलाइन खरिद गर्नुहोस् र आज मेडिकल विभागमा स्टोरमा उठाउनुहोस् ...