मनोरन्जन
ब्यस्त छु भन्दा रिसाउछन :फोटोग्राफर पर्बत सेजवाल
फोटोग्राफी अब शौख मात्र रहेन ब्यबसायिक पेशा पनि भैसक्यो ,संसार भर नया नया मोडेलका क्यामेरा उत्पादन भैरहेका छन् त्यहि क्रम संगै फोटोग्राफी पेशामा लागेका फोटोग्राफरको पेशा पनि फ़स्टाउदै गएको छ।
अहिले हरेक कार्यक्रममा फोटो खिच्ने चलन चलि आएको छ चाहे मोबाइलले होस् या क्यामेराले फोटोग्राफीको परिभाषा नि अथाह भैसकेको छ। नेपालि फोटोग्राफरको भिडमा छुट्टाउनै नहुने नाम हो पर्वत सेजवाल। नेपालको पश्चिम सल्यानमा जन्मेर कर्मभूमि काठमान्डौ बनाउदै आएका पर्वत सेजवाल फोटोग्राफी अहिले ब्यस्त छन्। एसएलसी पछि क्यामेरा चलाउन सिकेका पर्बत सानै देखि क्यामेरामा सौखिन थिए कसरि फोटो खिच्ने ,फोटो कसरि क्यामेरामा आउछ भन्ने उत्सुकता सानै देखि उनीमा थियो।
उनि ब्यबसायिक रुपमा ४ बर्ष देखि फोटोग्राफि गर्दै आइरहेका छन फोटो संगै भिडियो खिच्नमा उत्तिकै माहिर छन् । हरेक पर्व, उत्सव, सभा, सम्मेलन, कार्यक्रममा उनलाई भ्याई न भ्...
डान्स मार्फत दर्शक माझ परिचित हुदै प्रवेश दनुवार
कुनै पनि क्षेत्रमा लगनका साथ लागि रहयो भने अबश्य पनि सफलताको शिखरका खुड्किला चढ्न सकिन्छ ,हो कला क्षेत्र पनि अहिलेका युबा पुस्तालाई आकर्षित गर्ने प्रमुख क्षेत्र हो ,नाम पनि हुने दाम पनि कमाइने भनेर धेरै यो क्षेत्रमा न बुझी होमिने पनि छन तर आफैले बुजेर ,जानेर लाग्दा सफता पाइन्छ भन्ने थोरै मध्ये प्रवेश दनुवारको नाम पनि पर्दछ।
उदयपुरमा जन्मेर काठमान्डौ राजधानी छिरेर आफुलाई नृत्य,अभिनय विधामा निखारेर दर्शक माझ परिचित भैरहेका छ। सुरुमा रहर पछि आफ्नो गन्तब्य लक्ष्य कला क्षेत्रलाई अंगाल्दै आएका प्रवेश बिगत ५ बर्ष देखि आफ्नो कुशल नृत्य प्रतिभाका कारण चर्चामा छन् ।नृत्य,अभिनयको औपचारिक रुपले ज्ञान र अभ्यासले आफुलाई सक्षम साबित गरेका उनले देश भित्र हुने मेला ,महोत्सब ,सास्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुतिहरु धेरै पल्ट दर्शक माझ प्रस्तुत गरिसकेका छन। भाइरलमा विश्वास नराख्ने उनि आफ्नो नेपालि मौल...
सेकाई इन्टरटेन्टमेन्ट प्रालिले सांगीतिक प्रतियोगिता गर्ने
सेकाई इन्टरटेन्टमेन्ट प्रा.लि.ले आफ्नो स्थापना काल देखि नै विभिन्न म्युजिक भिडियो निर्माण ,सांगीतिक कार्यक्रम तथा मनोरन्जनात्मक धेरै कार्यक्रमहरु गर्दै आइरहेको छ।
कोरोनाको महामारी संगै खस्किदै गरेको नेपाली सांगीतिक तथा मनोरन्जनात्मक क्षेत्रमा सेकाईले आफ्नो भूमिका निर्वाह पनि गर्दै आइरहेको छ।
निकट भविष्यमा नै करिब ३ महिनाको समयावधि भित्र गायन प्रतियोगिता गर्ने तयारि रहेको पनि रहेको छ। आफ्नो पहिलो म्युजिक अवार्ड कार्यक्रम चर्चित शहर युएईको दुबईमा सफलता पूर्बक सम्पन्न पनि गरिसकेको छ। मनोरन्जनात्मक कार्यक्रम संगसंगै लामो समय देखि समाजमा बिबिध क्षेत्रमा योगदान पुर्याउने व्यक्त्तिहरुलाई सम्मान पनि गर्दै आइरहेको छ।...
ज्योति मगरसंग मनहरी महोत्सवमा रमाए दर्शक, भोलि एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ गाउने
मनहरी–माघ २५ गते । पाँचौ मनहरी महोत्सवमा बिहिबार लोकप्रिय गायिका तथा मोडल ज्योति मगरको प्रस्तुतिले महोत्सव अवलोकन गर्न आएका दर्शकहरु मन्त्रमुग्ध भएका छन् । उनीहरुले ज्योति मगरले गाएका आधादर्जन जति गीतमा स्वर मिसाएर साथ दिएका थिए ।
ज्योतिले ‘उही मूलाको सिन्की, उही मुलाका चाना’, ‘चोरी खान पल्केको यो ढाडे बिरालो’ लगायतका आधा दर्जन बढी गीत गाउनु भएको थियो । बीच बीचमा उहाँले द्विअर्थी कुराहरु गरेर युवा र तन्नेरीहरुलाई रोमान्चित र उत्तेजित बनाइरहँदा बृद्धबृद्धाहरु समेत रमाइरहेका देखिन्थे । अश्लील र अभद्रता प्रदर्शन गर्ने आरोप लागेका ज्योतिकै कारण महोत्सवमा दर्शकहरुको ओइरो लागेका थियो ।
महोत्सवमा ज्योतिसँगै गायक ढाकाराम पौडेल, सुनिता थापा, तारा थापा, मुना अर्याल, दिपक कालिराज लगायतले महोत्सवमा प्रस्तुति दिनु भएको थियो भने आस्था कला केन्द्रको तर्फबाट नियमित रुपमा नृत्य प्रस्तुत भइरहेको छ । यदि...
ज्योति मगर आज मनहरी महोत्सव आउँदै
-राज कुमार स्याङ्वो मनहरी–माघ २५, पाँचौ मनहरी महोत्सवको दशौँ दिन आज चर्चित गायिका ज्योति मगरको प्रस्तुति हुने भएको छ । गायिका तथा मोडल मगरले एउटा भिडियो सन्देश पठाउँदै पाँचौ मनहरी महोत्सव स्थलमा सहभागी हुन सबै दर्शक स्रोताहरुलाई आह्वान गर्नु भएको छ ।
आज माघ २५ गते साँझ मनहरी महोत्सवमा गायिका मगरले धमाका मच्चाउने तयारी छ ।
हिँजो नवौ दिन चर्चित दोहोरी गायिका प्रतिमा अर्याल र लोक आधुनिक गायक रमेशराज भट्टराईले मनहरीबासी दर्शकको मन जितेका छन् ।
उनीहरुले आफ्ना दर्जनौँ लोकप्रिय र चर्चित गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले उत्तेजित हुँदै नाचेर साथ दिएका थिए । गायक भट्टराई ‘बेहुला बनाउँछु भन्थी, बहूला बनाएर गई’ बोलको लोकप्रिय गीतका गायक हुनुहुन्छ । उहाँले उक्त बोलको गीत सहित ‘टन्न पैसा कमाउन मन थ्यो, सुखैसुखमा रमाउन मन थ्यो’ लगायतका लोकप्रिय गीतहरु...
बुद्ध शान्ति हरित पार्कमा हुने ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा
मनहरी-२१ माघ, पश्चिम मकवापुरको मनहरी–७ मा रहेको बुद्धशान्ति हरित पार्क परिसरमा हुने सोनाम ल्होछार मेला तथा बिशेष साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरण पुगेको छ ।
मंगलबार मनहरी–७ स्थित कार्यक्रम स्थल बुद्ध शान्ति हरित पार्क परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी बारे जानकारी दिएको छ ।
माघ –२७ गते हुने २८६० (डुक ल्हो) सोनाम ल्होछार मेला तथा बिशेष साँस्कृतिक कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आथित्य रहने कार्यक्रम संयोजक सुरेश मोक्तानले जानकारी दिए ।
कार्यक्रमको अवसरमा मनहरी गाउँपालिका वडा न–७ भित्र रहेको सबै समुदायको ८० वर्ष पुगेका ५२ जना जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको संयोजक मोक्तानले जानकारी दिए ।
साथै कार्यक्रम परिसरमा तामाङ संस्कार सँस्कृति सम्बन्धि बिभिन्न स्टल रहनुका साथैे स्थानीय स्तरमा उत्पादन हु...
मनहरी महोत्सवको सातौँ दिनमा सुमिनासंग झुम्मिए दर्शक
मनहरी–माघ २२ गते । पाँचौ मनहरी महोत्सव २०८० को सातौँ दिनमा चर्चित गायिका सुमिना लोसँग मनहरीका दर्शक झुमेका छन् । तामाङ भाषाका गीतहरु गायनमा महत्वपूर्ण भूमिका खेल्नु भएकी गायिका लोले ‘कुखुरी होइन कर्धको’, र ‘छाता कुसी’ बोलका गीतहरु दर्शकहरुलाई सुनाउनु भएको थियो । उहाँले गाउनु भएका सुपरहिट गीतहरुमा दर्शकले पुनः गाउन अनुरोध गर्दै ‘वान्स मोर, वान्स मोर’ भनेर माग गरेका थिए ।
गायिका लोसँगै अर्का गायक अबिराम मोक्तान, गीता योञ्जन, अनिल सुनार, सपना मगर, उर्मिला परियार लगायतको प्रस्तुति पनि दमदार थियो । भोलि माघ २३ गते चर्चित गायक उर्गेन दोङ, गायिका भूमिका गिरी र सुमन बिटीले प्रस्तुति दिने आयोजकले जनाएको छ । त्यसैगरी गायक रामप्रसाद पौडेल, रुपक घिमिरे र गायिका सीता कँडेलको पनि प्रस्तुति रहनेछ ।
यसैबीच पाँचौ मनहरी महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोकदोहोरी प्रतियोगिता सुरु गरेको छ...
धुर्मुस सुन्तलीले मनहरी महोत्सवमा दर्शकलाई मज्जाले हँसाए । ।
मनहरी–२१ माघ । पाँचौ मनहरी महोत्सव २०८० मा चर्चित हाँस्य जोडी धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुन्जना घिमिरे) ले दर्शकहरुलाई पेट मिची मिची हँसाएका छन् । उहाँहरुले समसामयिक सामाजिक विकृति तथा राजनीतिक विकृतिका विरुद्ध व्यंग्य गर्नु भएको थियो ।
उहाँहरुले देश बिग्रँदै गएको, युवा विदेश जानुपर्ने बाध्यता सिर्जना भएको तथा देशलाई नेतृत्व गर्न नयाँ मान्छे आवश्यक रहेको भाव झल्किने प्रहसन प्रस्तुत गर्नु भएको थियो । मौलिक गाउँले शैलीको उहाँहरुको प्रहसन हेर्नका लागि बृद्धबृद्धाहरु समेत महोत्सव स्थलमा झुम्मिएका थिए ।
धुर्मुस–सुन्तलीसँगै महोत्सवमा नेपालकै पहिलो चेपाङ गायक रविन कुमार चेपाङ, उर्मिला प्रजा, मोडल पवन कु चेपाङ र शुक्र महर्जन, आरती प्रजा लगायतले प्रस्तुति दिनु भएको थियो । माघ २२ गते चर्चित गायिका भूमिका गिरी, सुमिना लो, गीता योन्जन, अबिराम मुक्तानले प्रस्तुति दिने तयारी छ भने स्थानीय ...
पाँचौ मनहरी महोत्सवमा आज माघ २१ गते धुर्मुस सुन्तली आउँदै
मनहरी-माघ २१, पश्चिम मकवानपुरको पाचौं मनहरी महोत्सवमा माघ २१ गते चर्चित कलाकारहरु धुर्मुश (सिताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) चर्चित गायिका अस्मिता अधिकारीसहित स्थानीय कलाकारहरु दिपक मुक्तान, उर्मिला चेपाङ र बिक्रम खाती, पवनकुमार चेपाङ र प्रेमकिशोरको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् । स्थानीय माछा, तामा, मास, गहत दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी, तरुलको म:म लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबर्द्ध...