Wednesday, December 4

राजनीति

विभिन्न पार्टी परित्याग गरि ६० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि ६० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

राजनीति
-राजकुमार के.सी. हेटौंडा साउन १३ गते, बिभिन्न राजनैतिक दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता/कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उक्त नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनिहरिलाई  स्वागत गरेको केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले जानकारी दिए । गौतमका अनुसार पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनाल, मकवानपुर क्षेत्र नं. १ उपसभापति जगदिश दाहाल, जिल्ला युवा समिति संयोजक दामोदर दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का उपसभापति विकास श्रेष्ठ, पार्टी सदस्य राजु माझी, बिश्व गौतम्, नेपाली कांग्रेस सम्बद्ध निर्माण ब्यवशायी संघ मकवानपुर जि...
अखिल क्रान्तिकारी मनहरीले SEE मा उत्कृष्ट ११२ जना विद्यार्थीलाई सम्मान

अखिल क्रान्तिकारी मनहरीले SEE मा उत्कृष्ट ११२ जना विद्यार्थीलाई सम्मान

राजनीति, शिक्षा
मनहरी साउन ४ गते, पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाबाट SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीले सम्मान गरिएको छ । २०८० सालको SEE परिक्षा मा मनहरी गाउँपालका भित्र रहेका विभिन्न विद्यालयबाट सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीहरुलाई शुुक्ररबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी मनहरी गाउँपालिका कमिटीले ११२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तान, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी, ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विजय गौतम, ने. क.पा. (माओवादी केन्द्र) जिल्ला समन्वय समिति संयोजक भिम पाख्रिन, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य राजेन्द्र मुक्तान, जिल्ला अध्य्यक्ष बुद्ध अर्याल, बरिस्ठ उपाध्यक्ष दिपक वाईबा र मकवानपुर बहुमुखी क्याम्प...
वाईसीएल मनहरी गाउँ कमिटीको अध्य्यक्षमा पुन: कृष्ण रुम्बा (झाँक्री)

वाईसीएल मनहरी गाउँ कमिटीको अध्य्यक्षमा पुन: कृष्ण रुम्बा (झाँक्री)

Breaking News, राजनीति, समाचार
मनहरी–माघ १२ गते । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) मनहरी गाउँपालिका कमिटीको अध्यक्षमा पुनः कृष्ण रुम्बा झाँक्री चुनिनु भएको छ । शुक्रबार भएको छैटौँ गाउँ सम्मेलनले झाँक्रीलाई निर्विरोध अध्यक्षमा चयन गरेको वाइसीएलले जनाएको छ । उपाध्यक्षमा राजन गिरी, शुकराम मुक्तान र अभि राना प्रजा चयन भएको छ । त्यसैगरी सचिवमा अमन लामा, सहसचिवमा जीवन बिष्ट, कोषाध्यक्षमा अमृता सुवेदी चयन हुनु भएको छ । वाइसीएल मनहरीका इन्चार्ज इश्वर थापा (थापाकाजी) का अनुसार सम्मेलनले सबै वडालाई समेटेर २९ सदस्यीय कमिटी बनाएको हो । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य एबम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विकास निर्माणका काममा युवाहरु जोडिनुपर्ने बताउनुभयो । उहाँले समाज रुपान्तरणका लागि युवाले नेतृत्व लिनुपर्ने र गाउँसमाजमा भइरहेका अपारदर्शी कार...