Wednesday, December 4

समाचार

टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक

समाचार
हेटौंडा ३ असोज÷टिभिएसको दुई नयाँ मोडल हेटौंडामा सार्वजनिक गरिएको छ । टिभिएस कम्पनीको हेटौंडाको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टसले असोज ३ गते शुक्रबार उक्त मोडलहरु सार्वजनिक गरेको हो । टिभिएसको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्वा मोटर्स को आधिकारिक बिक्रेता हेटोंडा अटोमार्टमा टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) सार्वजनिक गरिएको हो । नयाँ पुस्ताका राईडरहरुलाई ध्यानमा राखि उक्त दुई मोडल तयार गरिएको कम्पनीको दाबी रहेको छ। टिभिएसको रेडर (एफआई) र रेडिअन (एफआई) फ्युल ईन्जेक्सन भेरिएन्ट ग्राहकको चाहना अनुसार तयार गरिएकोले यसले सजिलै ग्राहकको मन जित्ने हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो । यी दुबै मोडलमा आधुनिक डिजईन भएको र यसले ईन्धनको प्रयोगलाई किफायती बनाउने हेटौंडा अटो मार्टका अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए । टिभिएसको रेडर (एफआई)को मूल्य २ लाख ९२ हजा...
नमूना प्रगतिको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

नमूना प्रगतिको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

समाचार
हेटौंडा, ३ असोज÷हेटौंडा २ मा अवस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिबार संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियोे । सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ४२ करोड ४ लाख ५६ हजार ८९४ रुपैयाँको कुल कारोबार गरेको र चालु आर्थिक बर्षमा ४८ करोड बराबरको कारेबार गर्ने लक्ष्य रहेको संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए । २ हजार ५ सय ९२ जना सदस्य रहेको संस्थामा २ करोड ८५ लाख ६३ हजार दुई सय रुपैंया शेयरपुजीँ रहेको र सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई २९ करोड ९० लाख ४ हजार ५२२ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका ऋण प्रमुख लेखनाथ लम्सालले बताए । लम्सालले सहकारीमा ३२ करोड ८२ लाख ४५ हजार ४०४ रुपैयाँ बचत निक्षेप रहनुका साथै जगेडा कोषमा ३ क...
खहरेले बगाउँदा मनहरीमा एक जना विद्यार्थीको मृत्युु

खहरेले बगाउँदा मनहरीमा एक जना विद्यार्थीको मृत्युु

समाचार
मनहरी भदौ २५, मकवानपुर जिल्ला मनहरी ८ सिम्पानी स्थिति युनाइटेड बोेर्डिङ स्कुलबाट घर फर्किरहेको विद्यार्थीलाई बाढीले बगाउँदा मृत्यु भएकाे छ । मंगलबार दिउँसो एक्कासि परेको अत्याधिक बर्षाको कारण मोरङे खोल्चीमा आएको खहरे बाढीले बिद्यालयबाट घर फर्किरहेका २ बालकहरुलाई बगाएका थिए । मृत्य हुनेमा सिम्पानस्थित युनाईटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया रन्जिता गुरुङ रहेको छ । उनलाई करिब २ किलो मिटर  बगाएको थियो । त्यसैगरी महेन्द्र किरण माविमा ८ कक्षामा अध्ययन गर्ने १७ वर्षीय इसान गुरुङलाई पनि खहरेले बगाएर घाइते बनाएको छ । उनको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।...
अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छ : नगर प्रमुख बिष्ट 

अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छ : नगर प्रमुख बिष्ट 

समाचार
राजकुमार के.सी. मकवानपुर, २२ भदौ/नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको थाहा नगरपालिकाका नगर प्रमुख बिष्णुबहादुर बिष्टले बताए । शनिबार थाहा नगरको जेसीज हलमा भएको एकदिने सेयर सम्बन्धी तालिमको प्रमुख अतिथि बिष्टले समाजको सकारात्मक परिवर्तनको लागि लायन्स र लियो क्लबको सिद्धान्त ब्यबहारिक भएको बताए । लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भएको १ दिने शेयर सम्बन्धी तालिममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान र लियो जिल्ला परिषद् ३२५ एमका जिल्ला उपाध्यक्ष प्रबेशकुमार कार्कीको विशेष आतिथ्यता रहेको थियो । मकवानपुर जिल्लामै पहिलो पटक भएको सेयर तालिममा थाहानगरका ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो । लामो समयदेखि सेयर बजारमा सक्रिय नेपाली सेयर बजारका बिज्ञ सुबासचन्द्र भट्टराइले सेयर अभिमुखिकरण तालिमको सहजिकरण ग...
देवास राईले  धादिङमा २० औं स्थापना दिवस मनाउने

देवास राईले धादिङमा २० औं स्थापना दिवस मनाउने

समाचार
 किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिले २० औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। स्थापना दिवस भोलि भाद्र ८ गते शनिबारका दिन धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर २ स्थित महादेवबेसी समनटारमा हुने समाजका केन्द्रीय अध्यक्ष आशमान राईले जानकारी गराउनुभयो । कार्यक्रम किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष युवराज राईको प्रमुख आतिथ्यता हुने अध्यक्ष राईले बताउनुभयो।आफ्नो भाषा,कला, संस्कृतिको अध्ययन अनुसन्धान एवम् संरक्षण तथा जातीय उत्थान र विकास गर्ने उदेश्यले स्थापित यस संस्थाको स्थापना दिवस विविध कार्यक्रमहरू गर्दै मनाउदै आइरहेको समाजका अध्यक्ष राईले बताउनुभयो। पृथ्वीनारायण शाहको एकिकरण पूर्व कालखण्डमा पाल्पाका राजा मुकुन्द सेनले राईहरूको बहादुरीता संग सम्झौता गर्दै राईहरूको सहयोगमा पाल्पा राज्यको सिमाना कोशी सम्म पुर्याएका थिए। पूर्व सर्त तथा सम्झौत...
बसामाडी जेसीजको जेसीज सप्ताह बिहिबारदेखि

बसामाडी जेसीजको जेसीज सप्ताह बिहिबारदेखि

समाचार
राजकुमार  के.सी. हेटौंडा ०५ भदौ /बसामाडी जेसीजले आफ्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह-२०२४ विविध कार्यक्रमसहित भदौ ६ गते बिहिबारदेखि मनाउने भएको छ । जेसीज सप्ताह अन्तरगत भदौ ६ गते बिहिबारदेखि ९ गते आईतबारसम्म बिभिन्न सातवटा कार्यक्रम गरिने बसामाडी जेसीज बर्ष २०२४ का महासचिव मनिष घिमिरेले बताए । भदौ ४ गते मंगलबार बसेको बसामाडी जेसीजको बोर्ड बैठकले जेसीज सप्ताह भब्यताका साथ सम्पन्न गर्न कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र यादबलाई मूल कार्यक्रम संयोजक चयन गरेको छ । बैठकले जेसीज सप्ताह अन्तरगत बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरिएको अध्यक्ष उद्वबराज कठायतले बताए । मूल कार्यक्रम संयोजक यादबले भदौ ६ गते बिहिबार बिहान ७ बजे सुदिप नेपालको संयोजकत्वमा हेटौडा ४ स्थित कमलडाँडा फूटसल मैदानमा जेसीज सदस्य र विद्यार्थी बिच मैत्रीपूर्ण फूटसल प्रतियोग...
तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा ४ जनाको दाबी

तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा ४ जनाको दाबी

समाचार
हेटौंडा साउन ३२, तामाङ पत्रकार संघ मकवानपुरको भाद्र १ गते हेटौंडामा हुनगइरहेको चौथो जिल्ला अधिवेेशनमा अध्यक्ष पदको लागि ४ जनाले दाबी गर्ने भएको छ । तामाङ पत्रकारहरुको साझा संगठन तामाङ पत्रकार संघ मकवानपुरको चौथौ जिल्ला अधिवेसन भाद्र १ गते जिल्ला समन्वय समितिको सभाहल हेटौंडामा हुने भएको छ । सो अधिवेशनमा तामाङ पत्रकारहरुको निकै रोचक प्रतिस्पर्धा रहने भएको छ । प्रतिस्पर्धामा संघका वर्तमान अध्यक्ष सहित ४ जनाको आकाङ्क्षी रहेका छन् । पहिलो नम्बरमा वर्तमान अध्यक्ष जय राम मुक्तानले पुन: आफ्नो कार्यकाल दोहोर्‍याउने र अघिल्लो कार्यकालमा बाँकी रहेका कार्य सम्पन्नको लागि पनि आफ्नो दाबी रहने बताएका छन् । दोस्रो नम्बरमा राज कुमार स्याङ्बो आफु पनि बिगत लामो समय देखि पत्रकारिता क्षेत्रमा लागेको र तामाङहरुको बहुल्यता भएको जिल्ला मकवानपुरमा तामाङ पत्रकारहरुको हक हित र तामाङ समुदायको उत्थानको लागि पनि...
थाहानगरमा सेयर अभिमुखिकरण तालिम हुने

थाहानगरमा सेयर अभिमुखिकरण तालिम हुने

समाचार
राजकुमार के.सी. मकवानपुर, ३१ साउन/लियो क्लब अफ पिस थाहानगरले १ दिने सेयर अभिमुखिकरण तालिम सञ्चालन गर्ने भएको छ । गत शनिवार क्लबका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षतामा बसेको बैठकले आगामी भाद्र २२ गते शनिवार थाहा नगरमा सेयर अभिमुखिकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । सेयर अभिमुखिकरण तालिमको नेपाली सेयर बजारका बिज्ञ सुबासचन्द्र भट्टराइले सहजिकरण गर्ने  क्लवका सचिव अजय कार्कीले बताए । भट्टराई लामो समयदेखि नेपाली सेयर बजारमा सक्रिय छन् । उहाँको अनुभव नयाँ लगानीकर्ताको लागि उत्प्रेरणा हुने सचिव कार्कीले बताए । तालिममा १ सय जना भन्दा बढीको सहभागिता हुने क्लवले जनाएको छ । सेयर बजारमा नवप्रवेशी र लागानी गरिरहेको ब्यक्तिहरुलाई सेयर कारोवारका बारेमा जानकारी गराउनको लागि तालिमको आयोजना गर्न लागिएको क्लवका पूर्व अध्यक्ष कमल बिष्टले जानकारी दिए । सेयर बजारमा लगानी गर्नुपूर्व बजार, कम्पनी...
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

समाचार
हेटौंडा साउन ११ गते, हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । हालै उद्योगमा कर्मचारी भर्ना गर्दा बिना बिज्ञापन अन्य स्थानबाट सिधै भर्ना गरेको र स्थानीयलाई प्राथमिकता नदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका हुन् । उद्योगमा आवश्यक कर्मचारी नियुक्तिमा स्थानीयहरुलाई प्राथामिकता नदिएकोले स्थानीयहरु आन्दोलनमा आन्दोलनमा उत्रिन परेको स्थानीय बिजन लटौलाले बताए ।उद्योगले  बिज्ञापन नै नगरी गुपचुप शैलीमा कर्मचारी तथा कामदार भर्ना गरेको स्थानीय लटौलाले बताए । स्थानीयहरुले आफ्नो योग्यता अनुसारको रोजगारी पाउनु पर्ने भन्दै विगत तीनदेखि उद्योगको गेटमा धर्ना दिदै आईरहेका छन् । कर्मचारी भर्नाको लागि आवेदन दिदाँ आवेदन नै फिर्ता गरिदिएको भन्दै स्थानीयहरु ...
तामाङहरुको भाषा, संस्कार, संस्कृति सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

तामाङहरुको भाषा, संस्कार, संस्कृति सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

समाचार
-राज कुमार स्याङ्वो                                                हेटौंडा बैशाख ३१, तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङहरुको भाषा, संस्कार, संस्कृति सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तामाङ पत्रकार संघ मकवानपुरले आयोजना गरेको १ दिने अभिमुखिकरण कार्यक्रम हेटौंडा २ स्थित पल्पसा सदनमा भएको थियो । अभिमुखिकरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष एवंम नेवा द्वय दबु बागमती प्रदेश अध्यक्ष बिष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यता र तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो । यसै गरी अधिवक्ता अमृत लामा, भाषा विध जीवन मोक्तान, राजनितिकज्ञ एवंम राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष आदर्श थोकरले तामाङ पत्रकार तथा तामाङ, तामाङ समुदायका ब्यक्तिहरुलाई अभिमुखि...