Wednesday, December 4

राक्सिराङ्गका सामुदायिक वनहरुमा पहिरो रोकथामका लागी बाँस रोपण

राक्सिराङ्ग असार २५ गते, राक्सिराङ्ग गाउँपालिकाको सामुदायिक वनहरुमा बाँस रोपण गरिएको छ । वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन र वडा नं ५ मा रहेको दक्षिणकाली सामुदायिक वनको भिरालो, पहिरो गएको तथा माटो बग्ने जोखिम भएको क्षेत्रहरुमा बाँस रोपिएको हो ।

बाँसले माटो बग्न नदिने तथा पहिरो रोकथाममा सहयोग पुर्याउने भएका कारण भिरालो क्षेत्रमा जोखिम कम गर्न बाँस रोपिएको सिद्धार्थ हरियाली सामुदायिक वनका अध्यक्ष ज्ञानेन्द्र तामाङले बताउनुभयो । बाँस रोपणले पर्यावरणीय सन्तुलनमा समेत महत्वपुर्ण सहयोग पुग्ने र वन समुहका आयसमेत बृद्धि हुने तामाङको भनाई छ ।

डिभिजन वन कार्यालयको आर्थिक बर्ष २०८०÷८१ को स्विकृत कार्यक्रमअन्तर्गत वन समुहहरुलाई बाँसको बिरुवा वितरण गरिएको हो । राक्सिराङ्गमा सिद्धार्थ हरियाली सामुदायिक वनलाई २०० बिरुवा र दक्षिणकाली सामुदायिक वनलाई ३०० बिरुवा वितरण गरिएको सब डिभिजन वन कार्यालय राक्सिराङ्गका वन अधिकृत दिनेश सत्यालले जानकारी दिनुभयो । सामुदायिक वनहरुले उचित व्यवस्थापन र संरक्षण गर्न सके बाँस आम्दानीको राम्रो स्रोत बन्न सक्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *