मनहरी साउन ४ गते, पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाबाट SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई अखिल क्रान्तिकारीले सम्मान गरिएको छ ।
२०८० सालको SEE परिक्षा मा मनहरी गाउँपालका भित्र रहेका विभिन्न विद्यालयबाट सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीहरुलाई शुुक्ररबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी मनहरी गाउँपालिका कमिटीले ११२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मुक्तान, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी, ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विजय गौतम, ने. क.पा. (माओवादी केन्द्र) जिल्ला समन्वय समिति संयोजक भिम पाख्रिन, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य राजेन्द्र मुक्तान, जिल्ला अध्य्यक्ष बुद्ध अर्याल, बरिस्ठ उपाध्यक्ष दिपक वाईबा र मकवानपुर बहुमुखी क्याम्पसका स्ववियू सभापति छ्योईसाङ लामा लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।
त्यसैगरी मनहरी २ का वडा अध्यक्ष राज कुमार पाख्रिन, वडा नं. ४ का अध्यक्ष प्रकाश थापा, ने. क. पा. (माओवादी केन्द्र) मकवानपुरका सचिव वीर बहादुर घलान (ज्वाला) मनहरी गाउँपालिका ईन्चार्ज रामहरि सुवेदी YCL मनहरी ईन्चार्ज ईश्ववर थापा र अखिल क्रान्तिकारी कोषाध्यक्ष अनिल बसेल र सह सचिव विजन लटौला लगायत विभिन्न विद्यालयको प्रधानध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेेको थियो ।
अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटी अध्यक्ष प्रकाश मिजारको सभाध्यक्षता रहेको कार्यक्रममा सन्दिपा अर्यालले संचालन गरेेकी थिइन ।